राति ८ बजेदेखि निजी र सार्वजनिक सवारी सञ्चालनमा रोक

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित भदौ ८ सम्म लम्ब्याइएको छ । मंगलबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै काठमाडौं उपत्यकामा राति ८ बजेबाट निजी र सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको हो ।

निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भन्दै प्रशासनले अत्यावश्यक सवारीसाधन बाहेक निजी र सार्वजनिक दुवै सवारी चलाउन रोक लगाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए  ।



केही दिन यता कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौं उपत्यकाका अस्पतालहरु संक्रमितले भरिन थालेका छन् ।काठमाडौं उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा एक महिना यता केही खुकुलो बनाइएको थियो । अहिले विद्यालय, मठमन्दिर, नाइट क्लवलगायतका क्षेत्रबाहेक सबैजसो पसल, व्यवसाय खुला गरिएको छ ।

सम्बन्धित समाचार