लागूऔषध नाईट्राभेट सहित तीन जना पक्राउ

नागढुङ्गाबाट प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १ हजार ३ सय ८६ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित तीन जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सप्तरी बोदेबरसाई नगरपालिका-१ बस्ने २० वर्षीय अर्जुन साह, सोही नगरपालिका-२ बस्ने मनु साह र सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २५ वर्षीय सिदान्त श्रेष्ठ रहेका छन् ।



महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा लहानबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-००१ ख ७१९ नम्बरको बसमा सवार सिदान्तलाई ६ सय ६ ट्याब्लेट र राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-००१ ख ०००७ नम्बरको बसमा सवार अर्जुनलाई ५ सय १० ट्याबलेट र मनुलाई २ सय ७० ट्याब्लेट गरी उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

सम्बन्धित समाचार