नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।

उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः ५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।
बैशाख १२ गतेको गोरखा भूकम्पपछि पराकम्प आउने क्रम जारी रहेको छ ।
