नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।

हिन्दू परम्परा अनुसार प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज नागको पूजा गरी मनाइँदै छ । घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने परम्परा छ । नागका १२ नाम रहे पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक परम्परा छ ।
मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गरेको खण्डमा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिने विश्वास छ ।
आज बिहानैदेखि काठमाडौं उपत्यकाका नागपोखरी, टौदह, सिद्धपोखरीलगायत नागदह, कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार चढाएर नागको पूजा गर्नेहरूको घुइँचो लाग्ने गरेको छ ।
