नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ हुनेमा सुनसरी हरिनगरा गाउँपालिका-६ बस्ने २२ वर्षीय शम्सेर अन्सारी रहेका छन् । अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
