देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय रहेसँगै केही दिनदेखि देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ। न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा पूर्ण बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।



आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही प्रदेशमा भारी वर्षासँगै पहिरो तथा बाढीको सम्भावनासमेत रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित समाचार