जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार साँझ एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ हुनेमा उदयपुर ताप्ली गाउँपालिका-१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवार रहेका छन् । गत साउन २ गते सुनुवारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार