कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ

कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा काठमाडौँ तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका-१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तान रहेका छन् ।

भिजिट भिषामा कम्बोडिया जान प्रति व्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिने प्रलोभनमा पारी विभिन्न ६ जना पीडितहरूबाट ३९ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।



उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार