भोलिसम्म दल विभाजनसम्बन्धी अध्यादेश ल्याइने

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश भोलिसम्ममा ल्याउने भएको छ। सत्तारूढ गठबन्धनका एक शीर्ष नेताले दिएको जानकारीअनुसार सकभर आजै नभए बुधबार उक्त अध्यादेश आउन लागेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याउन लागेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय समिति २५ प्रतिशत सदस्यले अर्को दल गठन गर्न सक्ने प्रावधान राखिने छ। अहिले दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत बहुमत चाहिन्छ।



एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउन गाह्रो हुने भएपछि २५ प्रतिशतले दल विभाजन गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याउन लागिएको हो। अध्यादेश ल्याउन सरकारले सोमबार नै संसदको चालु अधिवेशन अन्त्य गरिसकेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याउने तयारी भएकोमा विरोध जनाइरहेका छन् ।

सम्बन्धित समाचार