नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदौ ।

निर्मला पन्तलाई न्याय माग्दै सामाजिक अभियान्ता सावित्री सुवेदीले धनगढीमा एकल प्रर्दशन गरेकी छन् ।
सुवेदीले आज (मंगलबार) धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन् । ‘बलात्कारीलाई फाँसी दे’, ‘निर्मलालाई न्याय दे’, ‘मेरो शरीर मेरो अधिकार,’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन् ।
बलात्कार गरि हत्या गरिएकी निर्मला पन्तको दोषी अझै पत्ता लागेको छैन ।
