आज देशका यी प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी प्रभावका कारण शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार दिउँसो आज धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ। दिउँसो प्रदेश १, कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



भारी वर्षासँगै देशका अधिकांश स्थानमा बाढी तथा पहिरोको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित समाचार