नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई शुक्रबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-१२ हरियाली बस्ति बस्ने बर्दिया राजापुर नगरपालिका-६ टपरा घर भएका ३३ वर्षीय निर्मल चौधरी रहेका छन् । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
