झापामा ८ महिनाकी छोरीसहित झुण्डिए दम्पत्ति

झापाको सुरुंगामा ८ महिनाकी छोरीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनीहरु एकै परिवारका हुन् ।
कनकाई नगरपालिका १ का ४० वर्षीयरविन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षीय मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविना आज आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । छोरीलाई आमाले छातीमा टाँसेर बोकेको अवस्थामा देखिएको छ ।

उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर हात्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।



आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ ।

सम्बन्धित समाचार