आज यी चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नम्बर–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अरू प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज दिउँसो वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।



राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार