निषेधाज्ञाको विषयमा जिल्ला प्रशासन कार्यालयको यस्तो निर्देशन

निषेधाज्ञा भदौ १६ गतेसम्म थप गर्ने निर्णय

जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकामा राति ८ः०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज(मंगलबार) भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८ः०० बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारीसाधन सञ्चालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको जानकारी दिए ।



उहाँले साबिक बमोजिमको भदौ १६ गतेसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भने कायमै रहेको बताए । बैठकले निषेधाज्ञा भदौ १६ गतेसम्म थप गर्ने निर्णय गरेको हो । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ः०० बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने उल्लेख थियो ।

जिल्ला प्रशासन कार्यालयको निर्देशन

जिल्ला प्रशासन कार्यालयको निर्देशन

जिल्ला प्रशासन कार्यालयको निर्देशन

सम्बन्धित समाचार