नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदौ ।

सर्लाहीको बरहथवा नगरपालिका-६ स्थित चोकबाट १ थान नलकटुवा पेस्तोल र ३ थान गोली सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बागमती नगरपालिका-८ बस्ने २८ वर्षीय अरुण लामा र बरहथवा नगरपालिका-५ बस्ने २८ वर्षीय अगबर अंसारी रहेका छन् । बीआर ३० जे ३०८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको लेगगार्डमा झोलाभित्र झुण्डयाएर ल्याएको अवस्थामा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
