सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३० घाइते

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

लिसंखु–ठोकर्पा हुँदै काठमाडौं आउँदै गरेको बा३ख ८०३० नं को बस आज बिहान ११.३५ बजे दुर्घटना भएको थियो । प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल र १५ जनालाई खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचारका लागि पठाइएको छ ।



बस घुम्तीबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार