नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदौ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नी पत्नी राधिका शाक्यको जन्मदिनमा नाचेका छन् । हिजो (बुधबार) बालकोटस्थित आफ्नो निवासमा ओलीले पत्नी राधिका शाक्यको जन्मदिन मनाउने क्रममा नाचेका हुन् ।
‘म त कति भाग्यमानी’ बोलको गीतमा नाचेका ओली निकै हसिलो मुद्रामा देखिएका थिए । नेकपा एमाले विभाजन भएकै दिन उनले आफ्नो पत्नीको जन्मदिनमा नाचेका हुन् । उनले आफ्नो आफन्तजान र सीमित कार्यकर्तासँग मिलेर पत्नी राधिका शाक्यको जन्म दिन मनाएका थिए ।
ओलीलाई पत्नी राधिका शाक्यले पनि केहि समय साथ दिएकी थिइन् ।
