नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदाै ।

सशस्त्र प्रहरी बलले विभिन्न पदमा एक हजार ९५ जनाको दरखास्त आह्वान गरेको छ। सशस्त्रले भदौ ११ गते सूचना निकालेर सशस्त्र प्रहरी निरीक्षक‚ सशस्त्र प्रहरी सहायक निरीक्षक (इन्सपेक्टर)‚ सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचरमा दरखास्त आह्वान गरेको हो। सशस्त्र प्रहरी निरीक्षकमा खुला र समावेशी कोटा गरी ७५ जनाको दरखास्त आह्वान गरिएको छ।
यस्तै‚ सशस्त्र प्रहरी सहायक निरीक्षकमा खुला र समावेशी गरी १३७ जनाको दरखास्त आह्वान गरिएको छ।
यसैगरी सशस्त्र प्रहरी जवानमा ७५५ र सशस्त्र प्रहरी परिचरको भान्छेमा ८८‚ केश कर्तकमा १४‚ कुचिकारमा १३‚ सूचीकारमा ७‚ चर्मकर्मीमा ४ तथा मालीमा २ जनाको दरखास्त आह्वान गरिएको छ। दरखास्त भदौ ११ गतदेखि असोज १० गतेसम्म भर्न सकिने जनाइएको छ।

