
वरिष्ठ अधिवक्ता डा.युवराज संग्रौलाले नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावललाई मन लागेको दलमा बस्ने अधिकार रहेको बताएका छन् ।
बिहीबार एक ट्विट गर्दै डा.संग्रौलाले जोसुकैलाई आफूलाई मन लागेको दलमा बस्ने अधिकार छ, भीम रावललाई पनि छ भनेका हुन् । त्यस्तै डा.संग्रौलाले अहिले म ठिक भन्न पहिला गलत रहेछु नभन्ने हो भने भीम रावलले नैतिकताको परिभाषा बदल्नु पर्ने टिप्पणी गरेका छन् ।
डा.संग्रौला ट्विटमा लेख्छन् – ‘जोसुकैलाई आफूलाई मन लागेको दलमा बस्ने अधिकार छ । भीम रावललाई पनि छ । तर, ती पहिलाको कविता र गाली पनि सहि हुन र अहिले पनि ठिक मान्छे हुँ भन्ने कुराचैं साचिकै गजब छ । अहिल म ठिक भन्न पहिला गलत रहेछु नभन्ने हो भने नैतिकताको परिभाषा बदल्नु पर्छ।’
डा.संग्रौलाको ट्विट :
