कृष्णप्रसाद न्यौपाने
काठमाडौं, १२ भदाै ।
प्रकृति छ अति राम्रो स्वर्गकै हुन्छ भान
हरित तरु लताले फूलले दिन्छ सान।
कलकल छ नदीको धून सङ्गीत तुल्य
सरस मधुरिमाले देश यो लाग्छ रम्य।।
।।१।।
गिरि शिखर चुलीमा सूर्यले नेत्र खोली
प्रथम किरण फाली हेर्छ माया सँगाली।
धवल गिरि उषामा दीप्ति शोभा बढाई
टलक टलक टल्की डाक्छ संसारलाई।।
।।२ ।।
मुजुर, हरिण, डाँफे, बाघ, गैँडा , बराँठ
बनकर, निलगाई , स्याल, अर्ना, बनेल।
चिरबिर चिडियाको तानले मक्ख पारी
मनुज सयर गर्ने विश्वको फूलबारी।।
।।३।।
मधु वन छ यहाँको दृश्य भर्ने मिठास
पवन नित बहेको दिव्य छर्दै सुवास।
मदन रति डुलेका लाग्छ अच्छा बहार
महक मधुर चल्ने देश हो यो अपार।।
।।४।।
जल सर, सरिताले स्वच्छ सौन्दर्य छायो
अमृतमय जडीले टन्न पाखाे पखेराे।
मणि खनिज लुकेका भूमिको गर्भभित्र।
जतन अब गरौँ है राष्ट्रको मानचित्र।।
।।५।।