यी हुन् ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका २० जिल्ला

देशभरका २० जिल्लामा अहिले ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार प्रदेश १ का ३, बागमतीका ८, गण्डकीका ६, लुम्बिनीका २ र कर्णालीको एक जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी छ। प्रदेश १ का मोरङ, सुनसरी र झापामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी छ। यस्तै बागमतीका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र नुवाकोटमा पनि संक्रिय संक्रमित ५ सयभन्दा बढी छन्।

यसैगरी, गण्डकीका पूर्वी नवलपरासी, कास्की, बागलुङ, गोरखा, स्याङजा र तनहुँमा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन् भने लुम्बिनीको दाङ र रुपन्देहीमा पनि उक्त संख्यामा संक्रमित छन्। यसैगरी कर्णालीको सुर्खेतमा पाँच सय बढी सक्रिय संक्रमित छन्। १९ वटा जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। धनकुटा, इलाम, धनुषा, बारा, सप्तरी, सिरहा, दोलखा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कञ्चनपुर यो समूहका जिल्ला हुन्।



यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८५७ कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या ७ लाख ५८ हजार ८ पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार ८६६ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार २२२ जना संक्रमित निको भएर संक्रमणमुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ। २४ घण्टायता २७ जना संक्रमितको मृत्यु भएर हालसम्म मृतकको संख्या १० हजार ६९० पुगेको छ। अहिले ६१५ जना आइसीयू र १७४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार