
झापाको हल्दिवारी गाउँपालिका कदम चोकका ५१ परिवारका १५० भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । केही समय अगाडि नेपाली काङ्ग्रेसले झुक्याएर काङ्ग्रेस प्रवेश गराएको भन्दै गाउँ नै एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् ।
दुनु मेचे, सोनाम कर्माकार, गोपाल कर्माकार, सूर्य किरण मेलमिलाप समाजका अध्यक्ष आशिलाल मेचेलगायत हल्दिवारी २ र ३ कदम चोकका ५१ परिवारलाई हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा नेकपा एमाले जिल्ला सदस्य डम्बरबहादुर गिरी, वडा अध्यक्ष त्रिलोचन सापकोटालगायतले खादा तथा अबिर लगाएर एमालेमा स्वागत गरेका हुन् ।
शनिबार नै हल्दिवारी १ र २ मा एमालेले कार्यकर्ता भेला सम्पन्न गरेको छ भने हप्ताभरिमा सबै जनवर्गीय संगठनलाई चलायमान बनाउने एमाले सचिव महेशलाल मेचेले बताए ।
