आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२० जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १२ हजार २२२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ११७ पीसीआर परीक्षण गर्दा एक हजार ५२३ र तीन हजार १०५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ७८६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख १६ हजार ३०६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ । जसमा ३३ हजार २१४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५३७ संक्रमित आईसीयूमा र १६४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ६२ हजार ६४७ र एन्टिजेन विधिबाट ८३ हजार ५०५ जना पुगेको छ ।

सम्बन्धित समाचार