तीजमा कडाई गर्न निषेधाज्ञा थपियो

कोरोना संक्रमण नरोकिएको भन्दै रूपन्देही प्रशासनले जिल्लामा जारी रहेको खुकुलो निषेधाज्ञा भदौ मसान्तसम्म लम्ब्याएको छ ।दोस्रो चरणको महामारी उच्चविन्दुमा पुग्नथालेसँगै वैशाख १५ देखि जारी निषेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।

यसबीचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाइएको छ । यसअघिका निषेधाज्ञामा रोक लगाइएका सबै नियमलाई निरन्तरता दिएको रूपन्देही प्रशासनले जनाएको छ ।



तीज नजिकिएसँगै विभिन्न स्थानमा भेला, जमघट बढेको भन्दै प्रशासनले कडाई गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार