जिल्ला प्रशासन कार्यालयले गर्यो यस्तो निर्णय

निषेधाज्ञा भदौ मसान्तसम्म थप

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले विद्यालयहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने र यदि गर्नैपर्ने भएमा स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज(बुधबार ) भएको बैठकले सिनेमा हल भने भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेको हो । त्यस्तै बैठकले मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन् । त्यसैगरी, आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिहरू सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने भनिएको छ ।



बुधबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामाग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाउने निर्णय गरेको हो । बैठकले स्थानिय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साझ ७ बजेसम्म गर्न नपाउने निर्णय गरेको छ ।

आज जारी गरिएको सूचनामा अनावश्यक रूपमा मानिस जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस, जात्रा, भोज आदि नगर्न नगराउन भनिएको छ ।बैठकले निषेधाज्ञा भदौ मसान्त सम्म थप गर्ने निर्णय गरेको हो ।

सूचना :

सूचना :

सम्बन्धित समाचार