आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२० जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा दुई हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १४ हजार ९३५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १० हजार ६१२ पीसीआर परीक्षण गर्दा एक हजार ६४८ र चार हजार ३२३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०४ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज तीन हजार ३० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख १९ हजार ३३६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ रहेको छ । जसमा ३१ हजार ८१२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५६३ संक्रमित आईसीयूमा र १७० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ६४ हजार २९५ र एन्टिजेन विधिबाट ८३ हजार ९०९ जना पुगेको छ ।

 

 

सम्बन्धित समाचार