हामी मध्यमार्गी नेताहरुलाई दुबै समूहबाट लखेट्ने काम भयोः योगेश भट्टराई

पार्टी विभाजन हुँदा एमालेमै बसेका नेता योगेश भट्टराईले एकताका लागि लड्ने मध्यमार्गी नेताहरू अहिले दुबैतिरबाट लखेटिनु परेको गुनासो गरेका छन् । उनले आफूहरू सहि लाईनमा लागेकाले केही समय लखेटिनु पर्ने बताए ।

मध्यमार्गी लाइनमा लागेका नेताहरूलाई दुवैतर्फबाट लखेट्ने काम भएको नेता भट्टराईले गुनासो गरेका छन्। एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा भट्टराईले माधव नेपालले अन्तिम समयमा गलत गरेकाले आफूहरूले साथ नदिएको बताए ।



पूर्वमन्त्री समेत रहेका भट्टराईले माधव नेपालकै कारण एमाले विभाजन भएको र नेपालले अन्तिम समयमा आफूहरूलाई धोका दिएको बताए। आफूहरूले सधै पार्टी एकताकै लागि लडेको स्मरण गर्दै एमाले विभाजन नभएर चोइटिएको बताएका छन् ।

माधव नेपाललाई सुरुवातमा उचालेर अन्तिम समयमा धोका दिएको आरोपबारे उनले आफूहरूले नेपाललाई धोका नदिएको बरू नेपालले आफूहरूलाई धोका दिएको बताए । भट्टराईले माधव नेपाल पक्षमा धेरै मानिस नलाग्ने समेत बताए ।

सम्बन्धित समाचार