पौडेल समूहले गर्यो यस्तो निर्णय

नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापतिको साझा उम्मेदवार घोषणा गर्ने निर्णय गरेको छ । आज (बिहीबार) रामचन्द्र पौडेल समूहको बैठकले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको हो ।

पार्टी कार्यालय सानेपामा गरिएको पत्रकार सम्मेलनमा समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी रहेको बताइएका छ । पौडेलले भने, ‘काँग्रेस सुधार चाहने हाम्रो विचार समूहले १४ औँ महाधिवेशनमा एक जना उम्मेदवार उठाउने छ । यो समूहले महाधिवेशनसम्म एक जना उम्मेदवार तय गर्छ ।’



यसअघि बुधबार बसेको बैठकमा सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि नेताहरुले पत्रकार सम्मेलनमा एउटै उम्मेदवार बनाउने बताएका थिए । पौडेलले कसलाई के जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको बताए ।

सम्बन्धित समाचार