आईफोन १३ शीघ्र लञ्च हुँदै, केके छन् नयाँ फिचरहरू ?

आईफोन प्रेमीहरूद्वारा बहुप्रतीक्षित एप्पलको आईफोन १३ यही सेप्टेम्बर १४ अर्थात् भदौ २९ गते लञ्च हुँदैछ । अहिले विश्वका करोडौँ करोड स्मार्टफोन प्रयोगकर्ताहरू सेप्टेम्बर १४ को प्रतीक्षामा छन् ।

विभिन्न सञ्चार माध्यमहरूमा आएका सूचनालाई आधार मान्दा यस पटक आईफोन १३, आर्ईफोन १३ मिनी, आईफोन १३ प्रो तथा आईफोन १३ प्रो म्याक्स गरी चार भेरिएन्टका मोबाइल सेटहरू सार्वजनिक गर्ने तयारी भइरहेको छ ।



आईफोन प्रेमीहरूलाई खुसीको खबर
प्राप्त जानकारीअनुसार आईफोन १३ का रिरिजहरूमा स्याटेलाइट फिचर समावेश गरिएको छ जसका माध्यमबाट फोरजी र फाइबजीको नेटवर्कबाट टाढा हुँदासमेत् उपभोक्ताहरू फोन गर्न र म्यासेज पठाउन सक्नेछन् ।

यस नयाँ मोडेलको आईफोनमा नयाँ फेस आइडी हार्डवेयर रहनेछ, जसको मद्दतले प्रयोगकर्ताले फेस मास्क लगाएरै वा वाफ भएको चश्मा लगाएको अवस्थामा समेत फोन अनलकको सुविधा उपभोग गर्न सक्नेछन् ।

अरू नयाँ फिचरहरू
डिजाइनका हिसाबले आईफोन १२ सिरिजका मोबाइलहरू भन्दा आइफोन १३ सिरिजका मोबाइलमा ठूलो अन्तर नदेखिए पनि समाचारमा दाबी गरिएअनुसार भन्नुपर्दा आइफोन १३ सिरिजका फोनहरूमा अन्य केही उत्कृष्ट फिचरहरूसहित क्यामरा अझ परिस्कृत रहने छ ।

यसमा एप्पलको A15 चिपसेट रहनेछ जुन A14 बायोनिक चिपसेटको अपग्रेडेड भर्सन हो । यसका साथमा उच्च रिफ्रेस रेट प्राप्त हुनेछ । आईफोन १३ का सिरिज सेप्टम्बर १४ मा सार्वजनिक भए पनि उपभोक्ताहरूका हातमा भने सेप्टेम्बर २४ पछि मात्र पर्ने जनाइएको छ ।

एजेन्सीहरूको सहयोगमा

सम्बन्धित समाचार