आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ७५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १४ हजार ३३४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ७७३ पीसीआर परीक्षण गर्दा एक हजार ३५७ र चार हजार ५६१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार २७४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख २३ हजार ४५६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ । जसमा ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५४० संक्रमित आईसीयूमा र १५६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ६७ हजार २७१ र एन्टिजेन विधिबाट ८४ हजार ६९३ जना पुगेको छ ।

सम्बन्धित समाचार