६ जनाको हत्या प्रकरण : घटनास्थलमा तालिम प्राप्त कुकुर लगिदै (अपडेट)

संखुवासभामा एकै परिवारका ६ जनाको हत्याको अनुसन्धानको लागि घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइने भएको छ । धरानबाट अनुसन्धानका लागि तालित प्राप्त कुकुर घटनास्थलतर्फ लगिसकिएको प्रहरीले जनाएको हो ।

धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहित प्रहरी घटनास्थल पुग्दैछ। त्यस्तै शवको जाँचबुझका लागि फरेन्सिक विज्ञको टोलीलाई पनि घटनास्थलमा लैजाने तयारी गरेको प्रहरीले जनाएको छ । कुकुरको सहयोगमा घटनाको सुक्ष्म अनुसन्धान हुनेछ। संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको थियो ।



संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं १ को खुमलिङमा बौद्धमान कार्कीको परिवारका छ जना मृत फेला परेको र निज कार्की भने जीवित रहेको नगरपालिका प्रमुख विदुर सुब्बा लिङथेकले बताए । हत्या हुनेहरुमा ५८ वर्षिय तेजबहादुर कार्की, उनका आमा पार्वता कार्की ८० वर्षिय, श्रीमती मनमाया कार्की ५६, बुहारी रञ्जना कार्की २८ वर्षिय, नाती दिपक कार्की १० बर्षिया र ५ वर्षिय नातिनी गोमा कार्की छन् । नगरपालिका प्रमुख विदुर सुब्बा लिङथेक अनुसार शव बाटोमा, बारीमा र खोल्सामा भेटिएको बताए ।

घटनाको अनुसन्धान भइरहेको र आइतबर राति नै सबैको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको छ ।

यो पनि पढ्नुस :

एकै परिवारका ६ जनाको हत्या

सम्बन्धित समाचार