आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१० जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १३ हजार ४५५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ७६७ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार ३४७ जना र तीन हजार ६८८ जनामा गरिएको एन्टिजेन परीक्षणमा २९३ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार १६१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ३३ हजार १६१ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ रहेको छ । जसमा २७ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४८८ संक्रमित आईसीयूमा र १४० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ७३ हजार ५२९ र एन्टिजेन विधिबाट ८६ हजार ६ जना पुगेको छ ।

सम्बन्धित समाचार