आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार ९१६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ५४९ जनामा गरिएको पीसीआर परीक्षणमा ९६१ जना र दुई हजार ३६७ जनामा गरिएको एन्टिजेन परीक्षणमा १८५ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ६६० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ३६ हजार ६६६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ रहेको छ । जसमा २६ हजार २९६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६६२जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४५८ संक्रमित आईसीयूमा र १४५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ७५ हजार ५५८ र एन्टिजेन विधिबाट ८६ हजार ४०४ जना पुगेको छ ।

सम्बन्धित समाचार