नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदौ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ५३९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १२ हजार ५३२ नमुनाको पीसीआर परीक्षणमा एक हजार १४९ जना र ४ हजार ७ नमुनाको एन्टिजेन परीक्षण गर्दा ३३७ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार २६० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ४० हजार ७१७ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमा २४ हजार ९५८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४७५ संक्रमित आईसीयूमा र १३४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ७८ हजार ३१२ र एन्टिजेन विधिबाट ८७ हजार ३१ जना पुगेको छ ।