कक्षा १२ को परीक्षा आजदेखि, कोरोना पुष्टि भए के गर्ने ?

कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको हो। परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ। र, विहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुने छ।

परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ। सरकारले १८ वर्ष पुगेका १२ का विद्यार्थीलाई खोप लगाएको छ।



परीक्षा असोज ८ गतेसम्म संचालन हुने बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए। यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो। यसअघि बैशाखमा परीक्षा गर्ने तयारी थियो ।

कोरोना पुष्टि भए के गर्ने ?
परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूलाई पछि छुट्टै व्यवस्था गरिनेछ । विद्यार्थीले आफू सङ्क्रमित भएको प्रमाणसहित परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिने उनले बताए ।

सम्बन्धित समाचार