आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

११ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १५ हजार १७९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार २०८ पीसीआर परीक्षणमा एक हजार १६५ जना र तीन हजार ९७१ एन्टिजेन परीक्षणमा ३४६ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ६८९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ४५ हजार २१५ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ रहेको छ । जसमा २४ हजार २२२ जना होम आइसोलेसनमा छन् भने १ हजार ५५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४०७ संक्रमित आईसीयूमा र १२८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ८१ हजार ९८९ र एन्टिजेन विधिबाट ८८ हजार १८७ जना पुगेको छ ।

सम्बन्धित समाचार