दिल्ली शीर्ष स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजाती भएको छ । गए राति भएको खेलमा सनराइजर्स हैदरावाद दिल्लीसँग ८ विकेटले पराजित हुन पुग्यो ।

दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनाएको थियो । उसका लागि अब्दुल समादले २८ रन बनाए भने राशिद खानले २२ रन जोडे । त्यस्तै रिद्दिमान साह र केन विलियम्सनले समान १८-१८ रन बनाउदा मनिस पाण्डे र जेसन होल्डरले क्रमश: १७ रन र १० रन बनाए । दिल्लीका लागि कागिसो राबडाले ३ विकेट लिए भने एन्रिच नोर्किया र अक्षर पटेलको भागमा समान २-२ विकेट रह्यो ।



१३५ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाउदै पूरा गर्यो । दिल्लीको लागि श्रेयस आयर र ऋषव पन्त अविजित रहँदै ४६ र ३५ रन बनाए। त्यस्तै शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए ।हैदरावादका लागि खलिल अहमेद र राशिद खानले समान १-१ विकेट लिए ।

जितसँगै दिल्ली ९ खेलमा १४ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ भने ८ खेलमा २ अंक जोडेको हैदरावाद पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् ।

 

सम्बन्धित समाचार