चेन्नई र बैंगलोर विजयी

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत आइतबर भएको खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेंजर्स बैंगलोर विजयी भएका छन् । हिजो भएको खेलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको भने मुम्बई इन्डियन्सलाई बैंगलोरसँग ५४ रनले पराजित हुन पुग्यो ।

अबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २०ओभरमा ६ विकेट गुमाउदै १७१ रन बनाएको थियो । कोलकाताका लागि राहुल त्रिपाठीले ४५ रन बनाए भने नितिस राना ३७ रनमा अविजित रहे । त्यस्तै दिनेश कार्तिकले २६ रन बनाई आउट भए भने आन्द्रे रसेलले २० रन जोडे । चेन्नईका शार्दुल ठाकुर र जोश हाजलउडले समान २-२ विकेट लिए ।



१७२ रनको लक्ष्य चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै पूरा गर्यो । चेन्नईको लागि फाप डु प्लेसिसले ४३ रन बनाए भने रुतुराज गायकवाडले ४० रन जोडे । त्यस्तै मोइन अलिले ३२ रन बनाई ओत भए भने रविन्द्र जडेजाले २२ रन जोडे । कोलकाताका लागि सुनिल नारिनेले ३ विकेट लिए ।

चेन्नई

जितसँगै चेन्नई १० खेलमा १६ अंक शीर्ष स्थानमा उक्लिएको छ भने १० खेलमा ८ अंक जोडेको कोलकाता चौथों स्थानमा रहेको छ । यस्तै आइतबार राति भएको अर्को खेलमा रोयल च्यालेंजर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई ५४ रनले पराजित गरेको छ । दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६५ रन जोडेको थियो । बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ५६ रनको अर्धशतकीय पारी खेले भने कप्तान विराट कोहलीले ५१ रन बनाए ।

त्यस्तै श्रीकर भारतले ३२ रन जोड्दा एबी डी भिलियर्सले ११ रन बनाए । मुम्बईका लागि जस्प्रित बुम्राहले ३ विकेट लिए । १६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १८.१ ओभरमा अलआउट हुँदै १११ रन मात्र बनायो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४३ रन बनाए भने क्विन्टन डी ककले २४ रन जोडे । बैंगलोरका हर्सल पटेलले ह्याट्रिकसहित ४ विकेट लिए भने युजभेन्द्र चाहलले र तथा ग्लेन म्याक्सवेलको भागमा २ विकेट रह्यो । पटेलले १६ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए ।

बैंगलोर

जितसँगै बैंगलोर १० खेलमा १२ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ भने १० खेलमा ८ अंक जोडेको मुम्बई सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज सनराईजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।

सम्बन्धित समाचार