नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको खेलमा कोलकत्ता नाइटराइडर्स र मुम्बई इन्डियन्स विजयी भएका छन् । हिजो भएको खेलमा दिल्ली क्यापिटल्स कोलकातासँग ३ विकेटले पराजित भयो भने पन्जाब किङ्स मुम्बईसँग ६ विकेटले पराजित हुन पुग्यो । लाई हराएको छ।
सारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १२७ रन बनाएको थियो । दिल्लीका लागि स्टिभ स्मिथ र ऋषव पन्तले समान ३९-३९ रन बनाए भने शिखर धवनले २४ रन जोडे । कोलकाताका लागि लक्की फोर्गुसन,सुनिल नारिने र भेन्कातेस आयरले समान २-२ विकेट लिए ।
१२८ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाताले १८.२ ओभरमा ७ विकेट गुमाउदै पूरा गर्यो । कोलकाताको लागि नितिस रानाले अविजित रहदै ३६ रन बनाए भने सुभवन गिलले ३० रन जोडे । दिल्लीका लागि आभेस खानले ३ विकेट लिए । जितसँगै कोलकाता ११ खेलमा १० अंक जोड्दै तालिकाको चौथों स्थानमा छ भने ११ खेलमा १६ अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा मुम्बईले पन्जाबलाई ६ विकेटले पराजित गरेको छ । अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १३५ रन बनाएको थियो । पन्जाबका लागि एडिन मार्क्रामले ४२ रन बनाए भने दिपक होडाले २८ रन बनाए । त्यस्तै कप्तान केएल राहुलले २१ रन बनाई आउट भए भने सन्दीप सिंहले १५ र हरप्रित ब्रार १४ रनमा अविजित रहे । मुम्बईका लागि जस्प्रित बुम्राह र केइरन पोर्लाडले समान २-२ विकेट लिए ।
१३६ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले १९ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । मुम्बईको लागि सौरभ तिवारीले ४५ रन बनाए भने हार्दिक पाण्डय ४० र केइरन पोलार्डले १५ रनमा अविजित रहे । त्यस्तै क्विन्टन डी कक २७ रन जोडे । पन्जाबका लागि रबि बोस्नाईले २ विकेट लिए ।
जितसँगै मुम्बईले ११ खेलमा १० अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ भने ११ खेलमा ८ अंक जोडेको पन्जाब छैटौं स्थानमा रहेको छ। प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र रोयल च्यालेंजर्स बैंगलोर भिड्दै छन् ।