संसद् बैठक लगत्तै देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

आज मन्त्रिपरिषद् बैठक बस्दैछ । अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिहदरबारमा बैठक बस्न लागेको हो । सर्वदलीय बैठक पछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेबारे सहमति नजुटे मन्त्रिपरिषद्ले संसद्को जारी अधिवेशन अन्त्य गर्न सक्ने अनुमान गरिएको छ ।  लामो समय मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवा आलोचित बन्दै आएका छन् । सत्ता गठबन्धन भने आजै मन्त्रिपरिपाद्लाई पूर्णता दिने तयारीमा जुटेको छ ।



गठबन्धन दलबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमत्ति भएको छ । जसअन्तर्गत गठबन्धन दलले मन्त्रीका लागि पाउने संख्याको पनि टुंगो लागिसकेको छ, भने केही दलले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम समेत सार्वजनिक गरिसकेका छन् ।

सम्बन्धित समाचार