संसद विघटनको विषयमा यसो भने बादलले

नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले पार्टीको मत संसद विघटन सही थियो भएको बताएका छन् । विधान महाधिवेशनको तयारीबारे जानकारी दिन आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

त्यस्तै थापाले पार्टीमा विघटन बेठीक थियो भन्ने मत पनि रहेको बताए । बादलले भने, ‘संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो ।’ त्यस्तै पत्रकार सम्मेलनमा नेकपा एमालेको भोलीबाट हुने पहिलो विधान महाधिवेशनको तयारी पुरा भएको बताइएको छ । बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो ।



समितिले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १२ : १५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

सम्बन्धित समाचार