एमाले विधान महाधिवेशनको तयारी पूरा

नेकपा एमालेको भोलीबाट हुने पहिलो विधान महाधिवेशनको तयारी पूरा भएको बताइएको छ । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो ।

ललितपुरको सनराइज हलमा हुने सम्मेलनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । समितिले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो १२ : १५ बजे महाधिवेशनको उद्घाटन हुनेछ । समितिले जानकारी दिए अनुसार हलमा प्रतिनिधिहरुको सिट प्लानिङ गरिएको छ । पदाधिकारी एवं स्थायी कमिटी सदस्यहरु मञ्चमा हुनेछन् भने मुल हलमा ३ हजार प्रतिनिधि रहनेछन् ।



उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेश गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल हुनेछन् । १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन गर्ने तयारी रहेको समितिले जनाएको छ ।

एमाले विधान महाधिवेशनको तयारी पूरा

एमाले विधान महाधिवेशनको तयारी पूरा

एमाले विधान महाधिवेशनको तयारी पूरा

एमाले विधान महाधिवेशनको तयारी पूरा

 

 

 

 

सम्बन्धित समाचार