कस्तो छ अस्पताल भर्ना भएका माधव नेपालको स्वास्थ्य अवस्था ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधवार भर्ना गरी उपचारका क्रममा छन् ।

अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएर सामान्य कुरा गर्न थालेका पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए । कोरोना परीक्षणको लागि उनको स्वाब लिइएको छ ।

अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा सन्तकुमार दास सहितको टोली पूर्व प्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ ।

सम्बन्धित समाचार