सरकारमा जाने ढोका बन्द भएपछि ‘अर्ली इलेक्सन’मा लोसपाको जोड

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले मुलुकमा सरकार असफल भएको भन्दै अर्ली इलेक्सनका लागि सर्वदलीय सरकार गठन गर्न माग गरेका छन् । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर २ मा बर्दाहा स्थित प्रवेशद्वारको उद्घाटन गर्दै नेता भण्डारीले सर्वदलीय सरकारको आवश्यकता रहेकाले तत्काल निर्वाचनको घोषणा गर्न माग गरेका हुन् ।

उनले अहिलेको वर्तमान सरकारसंग जनताको म्यान्डेट नरहेकोले तत्काल जनता बीचमा गएर नयाँ अभिमत सहित सरकार चलाउन काँग्रेसलाई सुझाएका छन् । उनले वर्तमान सरकारलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए ।



पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले जसपा विभाजनपूर्व जनता समाजवादी पार्टीले ऐतिहासिक र इतिहास निर्माण गर्ने अवसर गुमाएको भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवको आलोचना गरे । उनले काँग्रेसले अदालतको भरमा मुलुकमा शासन गरिरहेकाले हाम्रो आपत्ति रहेको समेत बताए । उनले लोकतान्त्रिक विधि पद्धति र प्रक्रिया अनुसार मुलुक हाल्नका लागि आग्रह गरे ।

सरकारले लोसपालाई सरकारमा ल्याउन पहल नगरेपछि नेताहरु अर्ली इलेक्शनमा जोड दिन थालेका छन् ।

सम्बन्धित समाचार