चेन्नई प्ले अफमा प्रवेश

इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्स विजयी छ । बिहीबार राति भएको खेलमा सनराइजर्स हैदरावाद चेन्नईसँग ६ विकेटले पराजित हुन पुग्यो । जितसँगै चेन्नई प्ले अफमा प्रवेश गरेको छ ।

सारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १३४ रन बनाएको थियो । हैदरावादका लागि रिद्दिमान शाहले ४४ रन बनाए भने अविशेक शर्मा र अब्दुल समादले समान १८-१८ रन जोडे । त्यस्तै राशिद खान १७ रनमा अविजित रहँदा कप्तान केन विलियम्सन ११ रन बनाए । चेन्नईका लागि जोश हाजलउडले ३ विकेट लिए भने ड्वाने ब्राभोको भागमा २ विकेट रह्यो ।



चेन्नई सुपर

१३५ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नईले १९.४ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । चेन्नईको लागि रुतुराज गायकवाडले ४५ रन बनाए भने फाप डु प्लेसिसले ४१ रन जोडे । यस्तै मोइन अलिले १७ रन बनाई आउट भए भने अम्बाती रायडु १७ र कप्तान महेन्द्र सिंह धोनी १४ रनमा अविजित रहे । हैदरावादका लागि जेसन होल्डरले ३ विकेट लिए भने राशिद खानको भागमा १ विकेट रह्यो ।

सनराइजर्स हैदरावाद

जितसँगै चेन्नईले ११ खेलमा १८ अंक जोड्दै शीर्ष स्थानमा छ ११ खेलमा ४ अंक जोडेको हैदरावाद पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज पन्जाब किङ्स र कोलकाता नाईट राईडर्स भिड्दै छन् ।

 

सम्बन्धित समाचार