नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर लैजाने बताएका छन् । ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीले पार्टी विभाजन गर्न सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको बताएका छन् । ओलीले प्रस्तुत गरेको ४४ पृष्ठको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको आन्तरिक विषयाको विस्तृतमा व्याख्या गरिएको छ । १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत पनि गरिएको छ । यस्तै अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको समेत बताएका छन् ।
राजनीतिक प्रतिवेदन पेश गर्ने क्रममा उनी अस्वस्थ भएपछि उक्त प्रतिवेदन शंकर पोखरेलले पढेका थिए ।
राजनीतिक प्रतिवेदनको लागि यो लिंक खोल्नुहोला :kp oli pratibedan

