साफमा माल्दिभ्सलाई हराउँदै नेपालको सुखद सुरुवात

साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै नेपालले सुखद सुरुवात गरेको छ। माल्दिभ्सको मालेमा शुक्रबार राति सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ८६ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपालको जित सुनिश्चित गरे। खेलको ८० औं मिनेटमा मैदान प्रवेश गरेका डाँगीले काउन्टरमा उत्कृष्ट गोल गर्दै नेपालको जित सुनिश्चित गराएका हुन्।



अब नेपालले दोस्रो खेलमा सोमबार श्रीलंकाको सामना गर्नेछ। प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकाको सहभागीता रहेको छ।

सम्बन्धित समाचार