कांग्रेस काठमाडौं महानगरको नेतृत्वका लागि आज निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर कार्यसमिति चयनका लागि आइतबार निर्वाचन हुने भएको छ । हिजो उद्घाटन भएको महानगर अधिवेशनपछि आज मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

कांग्रेसको काठमाडौं महानगर सभापतिमा संस्थापन पक्षका प्रगतिमान रञ्जित र संस्थापन इतर पक्षका नीलकाजी शाक्य प्यानलसहित प्रतिस्पर्धामा छन् । रञ्जितलाई सभापति शेरबहादुर देउवासहित नेताहरु ध्यानगोविन्द रञ्जित, भीमसेनदाश प्रधान, तीर्थराम डंगोललगायतको समर्थन रहेको छ ।



शाक्यलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गगन थापा लगातयको समर्थन रहेको छ । निर्वाचन समितिले काठमाडौं महानगरको नेतृत्व चयनका लागि आज बिहान ९ बजेदेखि १ बजेसम्म मतदान हुने जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । भोलिसम्म जिल्लाको सम्पूर्ण मतगणना हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

सम्बन्धित समाचार