गठबन्धन कार्यदलको बैठक बालुवाटारमा, के आउँला निर्णय ?

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । मन्त्रालयको भागबण्डा टुंग्याउन विहान ९ बजेदेखि बैठक जारी छ ।

पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सहभागी छन् । खड्कालाई कोरोना संक्रमण भएकाले आजको बैठकको संयोजन कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गरिरहेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्री देउवाले १८ मन्त्रालयको जिम्मेवारी आफैंले लिएका छन् ।



नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । त्यसयता करिब दुई महिनाको अवधिमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले सरकारमा पंचा मन्त्री र एक राज्यमन्त्री मात्र छन् । मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट दबाब छ ।

 

सम्बन्धित समाचार